वैशाख १६ देखि २२ सम्म उपत्यकामा निषेधाज्ञा, के गर्न पाइने, के नपाइने ? [आदेशसहित]
काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाको समयमा सभा,सम्मेलन, गोष्ठीलगायत बढी भीडभाड हुने कार्यक्रमलाई प्रतिबन्ध लगाइएको छ । विवाह,ब्रतबन्धका हकमा भने बढीमा १५ जना उपस्थित हुन पाउने छन्।
यस्तै सार्वजनिक र निजी दुवै किसिमका सवारीसाधन बन्द हुनेछन्। अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनमा भने प्रतिबन्ध लगाइएको छैन।
निषेधाज्ञामा के गर्न पाउने के नपाउने ?