आईसियु र भेन्टिलेटरमा विरामी बढ्दै, देशभर २६८ जना आईसियुमा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख १३ गते १८:३७

कोरोना संक्रमणको दर झन् झन् बढ्दै गएसंगै आइसियु र भेन्टिलेटरमा उपचार हुने विरामीको संख्या पनि बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार २४ घण्टामा १६ जना आइसियु भर्ना भएका छन् भने १३ जना भेन्टिलेटरमा थपिएका छन्।

देशभरि हाल २६८ जना आईसियुमा उपचाररत छन् भने ७८ जना भेन्टिलेटरमा रहेका छन्।

बैशाख १२ गते आईसियुमा उपचाररतको संख्या २५२ र भेन्टिलेटरमा ६५ थियो। यो त्रम दैनिक बढ्दै गइरहेको छ।

त्यस्तै काठमाण्डौ उपत्यकामा मात्रै १२ जना विरामी आईसियुमा थपिएका छन् भने ३ जना भेन्टिलेटरमा थपिएका छन्।

सरकारको तथ्याङक अनुसार हालसम्म उपत्यकामा ९४ जना आईसियु र ४३ जना भेन्टिलेटरमा उपचाररत छन्।

आज काठमाडौंमा मात्र २४ घण्टामा १५६७ जनामा कोरोना पुष्टि भएको छ भने ललितपुरमा २२३, भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय