स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघले दियो सरकारलाई १८ बुँदे सुझाव

नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि नेपाल सरकारलाई स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ।

संघको कार्यालयमा भएको विज्ञहरुसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो। संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्दै उक्त जिल्लामा लकडाउन गरेर संक्रमितको सहज उपचारको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो।

संघले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरुसंग समन्वय गरि इलेक्टिभ सर्जरी तथा नियमित स्वास्थ्य परिक्षणलाई बन्द गर्दै कोभिड–१९ को उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नु पर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडियुको संख्या तुरुन्त थप गर्नुपर्ने माग पनि राखेको छ।

यस्ता छन् संघका १८ बुँदे सुझावसहितका माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय