२४ घण्टामा ३५५६ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

नेपालमा कोरोना संक्रमणले आकाशिने क्रम जारी छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३५५६ जनामा संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ।

१२ हजार ४ सय जनाको पिसिआर परीक्षण गर्दा ३४४२ र ८९३ जनामा एन्टिजेन परीक्षण गर्दा ११४ मा कोरोना पुष्टि भएको हो।

त्यस्तै कोरोना संक्रमणबाट ३७८ जना मुक्त भएका छन्।

हालसम्म ९१.५ प्रतिशत मानिसहरु कोरोना मुक्त भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय