भेरी अस्पतालले माग्यो ६० अस्थायी कर्मचारी
कोरोना संक्रमण दिनानुदिन बढ्दै गएका कारण संक्रमितको हेरचाह तथा उपचारका लागि भेरी अस्पताल नेपालगञ्जले ६० जना कर्मचारीको माग गरेको छ।
अस्पतालले ४० जना स्टाफ नर्स, १० जना मेडिकल अधिकृत, ५ जना ल्याब टेक्निसियन, २ जना नर्सिङ अधिकृत र ३ जना एनेस्थेसियोलोजिष्टको आवश्यकता रहेको जानकारी दिएका छन्।
अस्पतालले आइसोलेसन वार्डमा काम गर्नको लागि करारमा कर्मचारी दरबन्दी थप्न लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त बजेटबाट तलब भत्ता भुक्तानी हुने र करारको अवधि आसाढ मसान्त सम्म हुने विज्ञापनमा उल्लेख गरिएको।
इच्छुक तथा शैक्षिक योग्यता भएका स्वास्थ्यकर्मीहरुले परीक्षा दिइृ सेवामा खट्न सक्नेछन्।