छटपटाइरहेका पति बचाउन रेणुले मुखै जोडेर श्वास दिइरहिन्, तर काखमै गयो सिंघलको प्राण

हेल्थपोस्ट नेपाल

अक्सिजनको कमी कसरी मानिसलाई मृत्युको ढोकासम्म पु-याइरहेको छ यसको ताजा उदाहरण भारत उत्तर प्रदेशको आगरा सहरमा देखिएको छ।

महामारीको कठिन अवस्थाबाट ग्रस्त पतिले पत्नीकै काखमा ज्यान दिएका छन्। एक पत्नीले अटुट प्रयासका बाबजुद पतिलाई बचाउन सकिनन्।

अक्सिजनको कमीले एक पत्नीलाई यहाँसम्म लाचार बनाइदियो कि मुखबाट श्वासँ दिँदापनि पतिको ज्यान बचाउन सकिनन्।

अटो रिक्सामा मुखबाट पतिलाई श्वाँस दिइरहेको तस्बिर अहिले भाइरल भएको छ।

रेणु सिंघल आगरास्थित विकास कलोनी सेक्टर–७ मा बस्छिन्।

अचानक उनका पति रवि सिंघलको स्वास्थ्यमा समस्या देखियो। श्वाँस लिन अप्ठ्यारो भएको थियो।

पतिको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रेणु एक्लैले अटोमा राखेर पतिलाई अस्पतालसम्म पुगिन्।

तर, उपचारका लागि भर्ना हुनु अगावै रवि छटपटाउन थाले।

छटपटाइ रहेका पतिलाई रेणुले आफ्नै मुखबाटै श्वाँस दिन थालिन्।

लामो समयसम्म उनले ‘माउथ टु माउथ’ अक्सिजन दिने कोसिस गरेकी थिइन्। तर अन्त्यमा पत्नी रेणुकै काखमा रविको प्राण गयो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *