यी ठाउँमा किन आवश्यक छ निषेधाज्ञा?

नेपालमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित पुगेका छन्।

मोरङमा बैशाख १२ गतेसम्म संक्रमितको संख्या १३ हजार ९ सय १० पुगेको छ। ५ दिनमा ३७९ संक्रमित भएका छन्।

त्यस्तै पर्सामा ४ हजार २ सय २२ संक्रमित भएका छन् भने पाँच दिनमा ३६९ संक्रमित भएका छन्।

काठमाडौंमा संक्रमितको संख्या १ लाख ११ हजार ९ सय २० पुगेको छ। ५ दिनयतामात्रै यहाँ ४ हजार ३ सय १० संक्रमित थपिएका छन्।

भक्तपुरमा कूल संक्रमित १० हजार १ सय ७ छन्। पाँच दिनमा ४२२ संक्रमित भएका छन्।

ललितपुरमा कूल संक्रमित १७ हजार ९ सय ८५ भएका छन् भने ५ दिनमा ८०३ जना थपिएका छन्। कास्कीमा कूल संक्रमित ९ हजार ४ सय ७५ भएका छन् भने ३ सय ३० थपिएका छन्।

दाङमा कूल संक्रमित ४ हजार ९ सय ४ भएका छन् भने ५ दिनमा ३ सय ९७ थपिएका हुन्।

त्यस्तै बाँकेमा कूल ७ सय ७ सय ३ संक्रमित भएका छन् भने पाँच दिनमा १ हजार ५ सय ६१ थपिएका छन्।

रुपन्देहीमा संक्रमितको संख्या ११ हजार २ सय ३३ पुगेको छ भने ५ दिनमा ९४७ थपिएका छन्।

सरकारले जति लकडाउनमा ढिलाइ ग¥यो उति नै जटिल अवस्था आउने विज्ञहरु बताउँछन्।

नेपालमा हाल तीन स्वरुपका भाइरसहरुले आक्रान्त मच्चाइरहेको छ। पहिलो संक्रमण फैलाइरहेकै कोभिड–१९, युके भेरियन्ट र भारतबाट आएको डबल म्युटेन्ट भाइरस। यी भाइरसहरुले मानिसहरुमा संक्रमण फैलाइरहेको छ।

विज्ञहरुका अनुसार यी भाइरसहरु निकै संक्रामक रहेका छन्।

दैनिक तीन हजारभन्दा बढी संक्रमितहरु पुष्टि हुन थालेका छन् भने अस्पतालहरुमा आइसीयु, भेन्टिलेटर तथा आइसोलेसनका शैयाहरु भरिन थालेका छन्।

यस्तो अवस्थामा लकडाउन अथवा निषेधाज्ञा नगरे झनै बढी संक्रमित हुने र भारतको जस्तो अवस्था सृजना नहोला भन्न सकिन्न।

त्यस्तै नयाँ स्वरुपका भाइरसहरुले संक्रमितहरुलाई गम्भीर अवस्थामा पु¥याउने भएकाले मृत्युको दर पनि निकै बढाएको छ। अस्पतालमा युवा तथा बालबालिकाहरुको संक्रमण दर धेरै रहेको र मृत्यु पनि उत्तिकै भएका कारण सजग हुनुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर कार्की बताउँछन्।

स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार नेपालमा हालसम्म तीन लाख मानिसहरु संक्रमित भइसकेका छन् भने ३१६४ को मृत्यु भएको छ।

हरेक दिनको तथ्याङक हेर्दा मृत्यु हुनेको संख्या झनै बढ्दै गइरहेको छ।

बढ्दो मृत्यु

बैशाख ७– ११ मृत्यु, ०–१९ वर्ष उमेरका–१९३ संक्रमित

बैशाख ८– १० मृत्यु, ०–१९ वर्ष उमेरका–२७६ संक्रमित

बैशाख ९– ५ मृत्यु, ०–१९ वर्ष उमेरका–२३९ संक्रमित

बैशाख ११– १४ मृत्यु, ०–१९ वर्ष उमेरका–२४० संक्रमित

बैशाख १२–२८ मृत्यु, ०–१९ वर्ष उमेरका– ३४० संक्रमित

त्यस्तै बैशाख १२ गते सम्मको तथ्याङक हेर्दा देशभरि उपलब्धमध्ये २१ प्रतिशत आईसियु भरिएका छन् भने १४ प्रतिशत भेन्टिलेटर भरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय