उपत्यकामा बुधबारदेखि निषेधाज्ञा लगाउने तयारी

हेल्थपोस्ट नेपाल

कोभिड–१९ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को निर्णय बमोजिम उपत्यकामा निषेधाज्ञा लगाउने तयारी सुरु भएको छ।

त्यसका लागि छलफल गर्न आज उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेको।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सिसिएमसीकै निर्णय अनुसार नियन्त्रणात्मक व्यवस्थासहितका केही निर्णय आउनसक्ने बताए।

आइतबार सिसिएमसीकोबैठकले बढी संक्रमित देखिएका जिल्लामा निषेधाज्ञा लगाउनसमेत सिफारिस गरेको छ।

पाँच सयभन्दा बढी कोरोना संक्रमित देखिएका जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा लगाउन बैठकले सिफारिस गरेको छ।

परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख १५ देखि पाँच सयभन्दा बढी संक्रमित देखिएका जिल्लामा निषेधाज्ञाको तयारी गरिएको बताएका छन्।

नेपालमा ५ सयभन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ९ पुगेको छ। मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *