७ वटै प्रदेशमा उच्चस्तरीय टोली पठाउने स्वास्थ्य मन्त्रालयको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशको कोभिड(१९ विरुद्धको स्वास्थ्य तयारी बुझ्न उच्चस्तरीय टोली सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयको बैठकले उच्चस्तरीय टोली ७ वटै प्रदेशमा पठाउने निर्णय गरेको हो ।
७ वटामध्ये ५ वटा प्रदेशमा प्रमुख विशेषज्ञहरुको नेतृत्वमा टोली पठाइने भएको छ भने दुई वटा प्रदेशमा इन्सिडेन्ट कमाण्ड सिष्टमका डा। गुणराज लोहनीको नेतृत्वमा टोली पठाइनेछ ।
प्रदेश १ मा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा. पवनजंग रायमाझीलाई खटाइएको छ ।
प्रदेश २ मा मन्त्रालय प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल, मोहम्मद दाउदलाई पठाइएको छ ।
यस्तै, बागमती प्रदेशमा डा. रोशन पोखरेल, डा. मदन उपाध्याय पठाइने छ । गण्डकी प्रदेशमा डा. गुणराज लोहनी, डा. प्रकाश शाहको टोली रहने छन् ।
लुम्बिनी प्रदेशमा डा. गुणराज लोहनी, डा. रोशन न्यौपाने खटाइएका छन् ।
कर्णाली प्रदेशमा डा. दीपेन्द्ररमण सिंह र केशवराज पण्डित टोली जानेछन् भने सुदूरपश्चिम प्रदेशमा डा. दीपेन्द्ररमण सिंह र रिता भण्डारी जोशी टोलीलाई प्रदेश संयोजन गर्न खटाइएको छ ।