सिसिएमसी बैठक : बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा लगाउने तयारी

हेल्थपोस्ट नेपाल

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ। आइतबार बसेको सिसिएमसी बैठकले विद्यालय तहका सबै परीक्षा सोमबारदेखि स्थगित गर्न सिफारिस गरेको हो।

यसैगरी बैठकले बढी संक्रमित देखिएका जिल्लामा निषधाज्ञा लगाउनसमेत सिफारिस गरेको छ।

पाँच सयभन्दा बढी कोरोना संक्रमित देखिएका जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा लगाउन बैठकले सिफारिस गरेको छ।

परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख १५ देखि पाँच सयभन्दा बढी संक्रमित देखिएका जिल्लामा निषेधाज्ञाको तयारी गरिएको बताएका छन्।

नेपालमा ५ सयभन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ९ पुगेको छ। मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *