एचडियू सेवा संचालनको प्रमाण देखाउन मन्त्रालयको निर्देशन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख १२ गते १७:४८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुमा हाई डिपेन्डेन्सि युनिट (एचडियु) वार्ड संचालन भएनभएको प्रमाण सहित मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ।

मन्त्रालयले अस्पतालहरुलाई एचडियु संचालनका लागि अस्पतालहरुले लेखिए अनुसार समाग्री खरिद गरी संचालनमा ल्याएको भए तस्बिर सहितको प्रगति विवरण तीन दिन भित्र पठाउन निर्देशन दिएको छ।

यदि यसो हुन नसके मन्त्रालयबाट उपलब्ध गराइएको तथा गराइने भनिएको रकम रोक्का राखी अन्य प्रक्रिया अगाडि बढाईने चेतावनी दिइएको छ।

हाई डिपेन्डेन्सि युनिट (एचडियु)–आईसियु भन्दा अलि कमको सेवा भएको वार्ड हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय