नेपाललाई ट्रान्जिट बनाउने विदेशीको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थपोस्ट नेपाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको समेत जनाएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशन विपतिर कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुको परीक्षण गर्ने गराउने गरेको पाइएमा कारवाहि गरिने समेत जनाएको छ।
मन्त्रालयले सबै प्रयोगशालाहरुलाई कोभिड(१९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड –१९ को परीक्षणका व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *