आफैँ सजग हुन स्वास्थ्य मन्त्रलायको अपिल

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख १२ गते १४:३५

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी) ले नेपाल सरकारलाई लकडाउन गर्न सिफारिस गरे पनि तत्काल लकडाउन नगर्ने निर्णय सरकारले गरेको छ।
कोरोना संक्रमणको अवस्था भयावह हुँदै गर्दा अस्पतालले थेग्न नसकिने चिन्ता हुँदा पनि सरकारले लकडाउनको कुनै तयारी नगर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनता आफैँ सजग हुन अपिल गरेको छ।
छिमेकी राष्ट्र भारतको अवस्था दयनीय भएको, त्यहाँको स्वास्थ्य सेवा प्रवाहसमेत तहसनहस भएको अवस्था देख्दादेख्दै र देशका विभिन्न जिल्लामा पनि यस्तै परिस्थिति दोहोरिए पनि संक्रमण रोकथामका लागि केही भूमिका निर्वाह गर्न नसकेको मन्त्रालयले जनाएको छ।
भारतमा जस्तो अप्रिय घटना नहोस् भनेर जनताहरुलाई तोकिएको मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको छ।
संक्रमण रोक्न सकिएन र यही गतिमा फैलिँदै गएमा केही दिनमै अस्पतालमा विरामी राख्ने ठाउँ नहुने मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी बताउँछन्।
व्यक्तिगत रुपमा खबरदारी गरी स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड, समारोहमा नजान र कुनै कार्यक्रम नगर्न पनि मन्त्रालयले सूचित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय