कस्तो छ कोरोना संक्रमित पूर्वराजदम्पतीको अवस्था ?

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख १२ गते १४:२७

कोरोना संक्रमित भएपछि शनिबार नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पती ज्ञानेन्द्र शाह तथा कोमल शाहलाई अक्सिजन दिइएको छ।

अस्पतालका अनुसार शनिबार ज्वरो र छाती दुख्ने समस्या भएकोमा आइतबार दुवै समस्या कम भएको छ। आइतबार ज्वरो पनि नभएको र छाती दुख्ने समस्या पनि कम भएको अस्पतालले जनाएको छ।

पूर्वराजा शाहकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनु परेको छैन । उनको अवस्था सामान्य छ ।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्वराजदम्पतीमा गत मंगलबार संक्रमण पुष्टि भएको थियो। त्यसयता उनीहरु निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका थिए।

कुम्भमेलाबाट उनीहरु गत नेपाल फर्किएका थिए। मेलामा पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए। कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

शाहले नेपाल फर्किनुअघि नयाँदिल्लीमा परीक्षण गराएका थिए। त्यतिबेला सङ्क्रमण देखिएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय