औषधि व्यवस्था विभागका कर्मचारीलाई कोरोना, औषधि पसलको दर्ता तथा निरीक्षण स्थगित

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि औषधि व्यवस्था विभागले औषधि पसलको दर्ता तथा निरीक्षण कार्य स्थगित गरेको छ।

विभागले सूचना जारी गर्दै नवीकरणबाहेकका सबै दर्ता तथा निरीक्षणको कामका लागि अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने जानकारी दिएको छ।

योसँगै कर्मचारी अभावका कारण अन्य सेवाहरु पनि प्रभावित हुन सक्ने बताएका छन्।

विभागका केही कर्मचारीहरुलाई कोरोना पुष्टि भएको छ भने कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीहरु पनि होम आईसोलेसनमा रहने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय