भक्तपुरमा ४ वटा अस्पतालबाट कोरोना खोप

हेल्थपोस्ट नेपाल

सरकारको निर्देशन अनुसार आजबाट सबैजनाले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन्।

आजबाट १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप लगाउन सुरु गरिएको हो।

भक्तपुर जिल्लामा पनि खोप लगाउन चार वटा स्वास्थ्य केन्द्रबाट तोकिएको छ।

चागुनारायण अस्पताल, दधिकोट अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र जनस्वास्थ्य सेवा केन्द्रमा खोप लगाइएको जनाएको छ।

भक्तपुर नगरभित्र भने जनस्वास्थ्य केन्द्रमा मात्र खोप दिइरहेको जनस्वास्थ्य सेवा केन्द्रका इन्र्चाज रत्नसुन्दर लासिवाले बताए।

एक ठाउँमा मात्र खोप दिने भएकोले भीड भइरहेको उनी बताउँछन्। अहिलेसम्म करिव ३ सय जनाले खोप लगाइसकेको उनी बताउँछन्।

खोप बिहान ८ बजेदेखि ४ बजे सम्म, १९ बर्षेदेखि ५९ बर्षसम्मले लगाउने मिल्ने उनी बताउँछन्।

साथै उनले बच्चालाई दुध खुवाउनुपर्ने आमा, गर्भवती महिला र छारे रोग हुनेहरुलाई खोप लगाउन नहुने जानकारी दिए।

सरकारले पहिलो प्राथमिकतामा रहेका व्यक्तिहरुलाई खोप लगाईसकेपछि आम जनतालाई लगाउने निर्णय गरेको थियो।

सोहीअनुरुप पहिलो प्राथमिकतामा पर्ने चिकित्सक, अस्पतालका कर्मचारी, सफाईकर्मी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार तथा जेष्ठ नागरिकहरुले पाइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *