वीरमा एउटा ओपिडी छापको खर्च ५२५!
वीर अस्पतालको टिकटमा ओपिडी पालो उल्लेख गर्न लगाउने सामान्य काठको छापको पनि ५२५ रुपैँया भुक्तानी दिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
अस्पतालमा यस्तो छाप १५० वटा बनाइएको छ । अस्पतालको खरिद इकाईले ओपिडी छाप श्री चौरीगंगा सल्पाईसँग खरिद गरेको थियो ।
अस्पतालका एक कर्मचारीका अनुसार सामान्य अवस्थामा ८०–९० रुपैँयामा बन्ने सानो आकारको काठको छापको ५२५ रुपैँया भुक्तानी गरिएको छ ।
यो खरिद प्रक्रियामा खरिद शाखाका कर्मचारीको संलग्नता रहेको भन्दै छानविन र कारवाहीको माग उजुरीमा गरिएको छ ।