डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि नेपालगन्जको क्यान्सर अस्पताल बन्द

डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि नेपालगन्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द गरिएको छ।

डाक्टर, स्टाफ नर्स तथा प्रशासनिक कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवाबाहेक अस्पतालका सबै सेवा बन्द गरिएको हो।

अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको पिसीआर जाँच गराउँदा ९० प्रतिशतको रिपोर्ट पोजिटिभ आएको हो।

अस्पताल एक साताका लागि बन्द गरिएको छ।

बिरामीको सेवामा खटिएका कर्मचारीहरुलाई नै संक्रमण पुष्टि भएपछि बैशाख १२ देखि १८ गतेसम्मका लागि आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय