२६१८ संक्रमित थपिए, ५३ प्रतिशत ३९ वर्षसम्मका, १४ को मृत्यु
देशभर २४ घण्टामा २ हजार ६ सय १८ संक्रमित थपिएका छन् ।
८ हजार ६ सय ६८ नमुनाको पिसिआर र एन्टिजिन विधिबाट परीक्षण हुँदा २ हजार ६ सय १८ मा नयाँ संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा १४ मृत्यु रिपोर्ट भएकोमा ८ जनाको यसअवधिमै कोरोनाबाट ज्यान गएको हो ।
उमेरअनुसार १ हजार ४ सय जना ३९ वर्षसम्मका युवा तथा बालबालिका छन्।
त्यसमा पनि सबैभन्दा बढी ११६० जना २० देखि ३९ वर्ष उमेर समूहका छन् ।
मन्त्रालयका अनुसार ६० जना १० वर्षमुनिका बालबालिका छन् ।
२४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने ३६८ मात्रै छ ।