कोरोना संक्रमित पूर्व राजा-रानी अस्पताल भर्ना

कोरोना संक्रमण पुष्टिपछि होम आइसोलेसनमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

संक्रमण पुष्टिपछि होम आइसोलेसनमै रहेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

उनीहरु भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर वैशाख ७ मा देश फर्केका थिए ।

भारतमा सम्पर्कमा आएका थुपै जनामा कोरोनापछि परीक्षण गर्दा शाह दम्पतिमा पनि संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय