स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुन पनि परीक्षा अनिवार्य, असार १९ गते पहिलो परीक्षा
स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुने विभिन्न स्वास्थ्य समूहका स्वास्थ्यकर्मीले पनि अब अनिवार्य प्रवेश परीक्षा दिनुपर्ने भएको छ ।
परिषद्को बैशाखा १०को निर्णयअनुसार अब काउन्सिलमा दर्ता हुने सबै स्वस्थ्यकर्मीले प्रवेश परीक्षा पास गर्नुपर्छ ।
परिषद्ले २०७८ बैशाख १० गते राति १२ बजे पश्चात् अनलाइन आवेदन गर्ने प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तहका आवेदकहरुले नाम दर्ता प्रमाणपत्र परीक्षामा सामेल हुनुपर्ने जनाएको छ ।