भारतमा कोरोनाबाट एकै दिन ३ लाख ४४ हजारमा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

भारतमा कोरोनाको सुनामी झन् भयावह बन्दै गइरहेको छ। शुक्रबार २४ घण्टामा भारतभर ३ लाख ४४ हजार ९ सय ४९ संक्रमित थपिएका छन् भने २ हजार ६ सय २० जनाको मृत्यु भएको छ । हालसम्म १ लाख ८९ हजारको मृत्यु भएको छ।

यसअघि बिहीबार ३ लाख ३२ हजार ३ सय २० जना संक्रमित थपिएका थिए भने २ हजार २ सय ५६ जनाको मृत्यु भएको थियो। बुधबार ३ लाख १५ हजारमा संक्रमण पुष्टि भएको थियो।

शुक्रबार २ लाख २० हजार ३ सय ८२ जना निको भएका छन्। बिहीबार १ लाख ९८ हजार र बुधबार १ लाख ९२ हजार निको भएका थिए।

भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख ४३ हजार ९ सय १४ पुगेको छ।

भारतमा सबैभन्दा धेरै सक्रिय संक्रमित बेंगलुरुमा १ लाख ३७ हजार रहेका छन्।

यस्तै, पूणेमा १ लाख १७ हजार दिल्लीमा ९१ हजार, मुम्बईमा ८१ हजार लखनउमा ५४ हजार ९ सय ६७, ठाडेमा ८० हजार ६ सय ४३, नागपुरमा ८० हजार ९ सय २४, नासिकमा ४६ हजार ७ सय ६, अहमदावादमा ३६ हजार २सय ४७ र चेन्नइमा ३० हजार ४ सय ४ रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *