स्वास्थ्य निर्देशक झालाई दोस्रो पटक कोरोना संक्रमण
प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा दोस्रो पटक कोरोना संक्रमित भएका छन्।
निर्देशक झालाई वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएयता उनी होम आइसोलेसनमा थिए।
शुक्रबार अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि उनलाई काठमाडौंको पाटन अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्य अवस्था सिकिस्त भएपछि जनकपुरमा सम्भव नहुँदा उपचारका लागि काठमाडौं लगिएको पारिवारिक श्रोतले जनाएको छ।
एक वर्षदेखि प्रदेश २ मा कोरोना रोकथाम र नियन्त्रणका लागि निरन्तर काम गर्दै आइरहेका झा दोस्रो पटक संक्रमित भएका हुन्।
What was the vaccination status?