विदेश जानेको कोरोना परीक्षण अब ५ निजीसहित ‘क’श्रेणीका प्रयोगशालाबाट मात्रै

विदेश जाने प्रयोजनका लागि सरकारले कोभिड पिसिआर परीक्षण गर्न कोभिड परीक्षण हुने सरकारीसहित क श्रेणीका अस्पतालमा आधारित ५ वटा प्रयोगशालालाई तोकेको छ ।

विदेश जाने प्रयोजनका लागि गरिएका कोरोना परीक्षण रिपोर्टमा सन्देह पैदा भएपछि सरकारले कोभिड परीक्षण हुने सबै सरकारीसहित निजी क्षेत्रमा ५ वटा अस्पतालबेस प्रयोगशालाका रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो ।

केहीदिनअघि काठमाडौंको सुरया नामक प्रयोगशालाले नमूना नै संकलन नगरी ९ हजार शुल्क लिएर रिपोर्ट दिँदै आएको तथ्य खुलासा भएको थियो ।

सरकारको इन्सिडेन्ट कमान्ड सिष्टमको ८ गतेको बैठकले सबै सरकारी अस्पताल, स्टार अस्पताल, नेपाल मेडिसिटी, मनमोहन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा र ह्याम्स

अस्पतालका प्रयोगशालाको रिपोर्टलाई मात्रै विदेश जाने प्रयोजनाका लागि मान्यता दिने निर्णय गरेको छ।

त्यसका लागि अस्पतालहरुले पासपोर्ट र भारत जानका लागि पहिचान खुल्ने कागजातको आधारमा मात्रै नमुना संकलन गर्न पाउनेछन् । रिपोर्ट पनि अनलाइनमार्फत्समेत हेर्न मिल्ने व्यवस्था गर्नुपर्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय