२२७ थपिएपछि रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ८११

हेल्थपोस्ट नेपाल

रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको संख्या ८ सय ११ पुगेको छ।

जिल्लामा २४ घण्टामा २ सय २७ संक्रमित थपिएपछि यो संख्या पुगेको हो।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार १ सय २८ पुरुष र ९९ महिला संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका रहेका छन्।

बुटवलका मात्रै १ सय १५ जना रहेका छन्। जसमध्ये ५१ महिला र ६४ पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यस्तै सिद्धार्थनगर नगरपालिकाका २४ पुरुष र १६ महिला गरि ४० जना‚ तिलोत्तमा नगरपालिकाका २४ पुरुष र १९ महिला गरि ४३ जना‚ सैनामैना नगरपालिकाका ७ महिला र ३ पुरुष गरि १० जना नयाँ संक्रमित थपिएका हुन्।

यस्तै देबदह नगरपालिकामा २ पुरुष र १ महिला गरि ३‚ कञ्चन गाउँपालिकामा ३ पुरुष र १ महिला गरि ४‚ रोहिणी गाउँपालिकामा ४ पुरुष थपिएका हुन्।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका‚ सियारी‚ गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना संक्रमित थपिएका हुन्। थपिएका २ सय २७ संगै जिल्लामा कुल सङ्क्रमितको संख्या १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन्।

जिल्लामा अहिलेसम्म १ सय ६५ जनाले कोरोनाको कारणले ज्यान गुमाएको स्वास्थ्य कार्यालयसँग तथ्यांक छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *