बालुवाटारमै धज्जी उडाइएको सरकारी निर्णय (फोटो फिचर)

कोरोना संक्रमण बढेको भन्दा सरकारले बैशाख ३१ देखि लागु हुनेगरी मन्त्रीपरिषद्बाट विभिन्न निर्देशन जारी गर्यो ।

यसबीचमा सो नियमको सबैभन्दा बढी उल्लङ्घन सत्तापक्षी नेता एवं विशेषगरी सरकारकै मन्त्रीहरु सम्मिलित कार्यक्रममा भइरहेका छन् ।

दैनिक रुपमा बढ्दो संक्रमणको ग्राफबाट तर्सिएर विज्ञहरुले संक्रमणको चेन ब्रेक गर्न केही साताको लकडाउन नै सिफारिस गरिरहेको अवस्थामा सरकार नै संवेदनहीन देखिएको छ ।

शुक्रबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारी निवास बालुवाटारमै महाधिवेशन आयोजक समितिको बैठक बसाले ।

कुनै पनि प्रयोजनाका लागि २५ जनाभन्दा बढी भेला नहुने सरकारी निर्णयको बालुवाटारले धज्जी उडाएको भन्दै सामाजिक सञ्चालहरुमा त्रीव आलोचना भइरहेको छ ।

तस्बिर : सृजना घिमिरे/हेल्थपोस्ट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय