२५५९ संक्रमित थपिए, सक्रिय सङ्क्रमितको संख्या १५ हजारनजिक

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख १० गते १७:०५

नेपालमा कोरोना संक्रमण तीव्र हुँदै गएको छ। शुक्रबार २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। ९ हजार ६ सय ६४ नमूना परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ भेटिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ।

यस्तै, २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छ। नेपालमा निको हुनेहरुको संख्या २ लाख ७६ हजार ७ सय ५५ रहेको छ।

स्वास्थ्य मन्त्रालयको दैनिक प्रतिकार्य बुलेटिनअनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ।

२४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या ५ रहेको र १ नयाँ मृत्युको घटना भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय