भारतीय दूतावासलाई अशोक लेल्यान्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स

हेल्थपोस्ट नेपाल

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले काठमाडौंस्थित भारतीय दूतावासलाई दुईथान सुविधा सम्पन्न ‘एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स’ हस्तान्तरण गरेको छ।

दूतावासका अनुसार नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्र्तगत ती एम्बुलेन्स उपहारस्वरूप गंगालाल हृदयरोग केन्द्र बाँसबारी र धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको छ। दूतावासले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई एम्बुलेन्स साथै स्कुल बस उपहारस्वरूप प्रदान गरेको हो।

स्वास्थ्य सेवातर्फ विशेषगरी आपतकालीन स्वास्थ्य सेवाको पहुँच सहज बनाउन नेपाल सरकारको प्रयासमा भारतले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ।

आइएमई मोटर्सले एम्बुलेन्ससहित विषेश सुविधायुक्त दमकल, मोर्ट्युरी भ्यान, ट्रक टिपर, स्कुल बस, सेना र पुलिसका लागि विशेष गाडीसहित साना तथा ठुला कमर्सियल गाडी बिक्री गर्दै आएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *