मुम्बईको विजय बल्लभ अस्पतालमा आगलागी : १३ कोरोना संक्रमितको मृत्यु

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख १० गते १०:२७

भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा १३ कोरोना संक्रमितको ज्यान गएको छ। मुम्बईको विरारस्थित विजय बल्लभ अस्पतालको आइसियुमा आज बिहान आगलागी भएको हो।

अस्पतालको आइसियुमा १७ जना कोरोना संक्रमितको उपचार चलिरहेको थियो। जसमध्ये १३ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। विद्युतीय सर्ट सर्किटका कारण अस्पतालमा आगलागी भएको मुम्बई प्रहरीले जनाएको छ।

३ बजे बिहान भएको आगलागी २ घण्टापछि नियन्त्रणमा आएको थियो। कोरोना संक्रमितको उपचारका लागि पछिल्लो समय विजय बल्लभ अस्पताललाई प्रयोग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय