आकासिँदै कोरोना, एकै दिन २४२८ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ९ गते १७:२४

नेपालमा कोरोना संक्रमणले हरेक दिन रेकर्ड बनाइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ।

१० हजार एक जनामा गरिएको पिसिआर परीक्षणमा २३६५ जनामा कोरोना पुष्टि भएको छ भने ४४७ एन्टिजेन परीक्षणमा ६३ जनामा पोजिटिभ देखिएको छ।

योसँगै नेपालमा १२ हजार ६९० जना सक्रिय संक्रमितहरु रहेका छन् भने तीन हजार ११७ जनाको मृत्यु भइसकेको छ।

२४ घण्टामा २५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

प्रदेश १ मा बिहीबारमात्र १६७, प्रदेश २ मा ९०, बागमतीमा १४११, गण्डकीमा ४०, लुम्बिनीमा ५५८, कर्णालीमा दुई र सुदुरपश्चिममा ९७ जनामा कोरोना पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय