भक्तपुरमा १० हजार बढी कोरोना संक्रमित


भक्तपुरमा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ। तथ्यांक अनुसार हालसम्म दश हजार ६९ जना कोरोना संक्रमित भइसकेका छन्, जसमा नौ हजार ६ सय २१ जना निको भइसकेका छन्।

बुधबारसम्म सक्रिय संक्रमित ३२० जना छन्,जसमा महिला १४९ छन् भने पुरुष १७१ रहेको छन्। त्यसमा ९६२१ जना निको भइसकेका छन्।

भक्तपुरमा चार वटा नगरपालिका छन्,जसमा सबैभन्दा बढी सक्रिय संक्रमित मध्यपुर ठिमी १३९ संक्रमित छन्।

त्यस्तै सुर्यविनायक ९७, भक्तपुरमा ३९ र चागुनारायणमा ३५ जना संक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए।

उनले दिनदिनै कोरोना संक्रमित संख्या बढ्दै गइरहेको बताए।

उनले अहिले भक्तपुरको खरिपाटीमा रहेको आइसोलेसन पनि नभएको बताए।

उनले पुनः गतवर्ष जस्तै आइसोलेसन स्थापना गर्नुपर्ने, स्वास्थ्यकर्मीहरु मिलाउनपर्ने अवस्था आएको बताउँछन्।

नागरिकहरु कोरोनालाई वास्ता नगरी विहेभोज, यता भोज उता कार्यक्रम भन्दै हिडेका छन्, उनले भने।

उनले मिडिया, रेडियो मार्फत सुचना पर्वाह गरेपनि कसैले वास्ता नगरेको दुखेसो पोखे। ‘हामीले मात्र भनेर भएन, आफैले सोचेर पनि त गर्नुपर्यो नि! उनी भन्छन्।’

उस्तै बेवास्ता गर्ने हो भने कोरोनालाई नियन्त्रण गर्न नसकिने उनी सुनाउँछन्। उनले अहिले भक्तपुरमा आइसोलेसन नभएको बताउँछन्।

भक्तपुरमा अहिले ३०२ जना होम आइसोलेसनमा र १८ जना अस्पतालमा रहेको छन्। कोरोनाबाट भक्तपुरमा हालसम्म १२८ जनाको मृत्यु भइसकेको छ।

केही महिना अघि भक्तपुरमा कोरोना संक्रमितको सख्या शून्य भइसेकेको थियो। तर पछिल्लो समय फेरि बढ्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय