वीरगन्ज नर्सिङ क्याम्पसकी कोरोना संक्रमित महिला कर्मचारीको निधन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ९ गते १६:३०


वीरगन्जस्थित चिकित्सा विज्ञान अध्ययन संस्थान, वीरगन्ज नर्सिङ क्याम्पसका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नर्सिङ क्याम्पसमा कार्यरत भान्से, वीरगन्ज १६ घर भएकी ६१ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

वीरगन्जको नारायणी अस्पतालमा गत मङगलबार भर्ना भएकी ती संक्रमित महिलाको बिहीबार बिहान साढे १ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशनदासले जानकारी दिए ।

चैत अन्तिम साता वीरगन्ज नर्सिङ क्याम्पसमा १९ विधार्थी र वार्डेनसहित ६ जना कर्मचारी गरी २५ जनामा संक्रमण पुष्टि भएको थियो । २५ जनामा संक्रमण भेटिएपछि चैत ३१ गते देखि क्याम्पस बन्द गरिएको छ । संक्रमण पुष्टि भएका १९ विधार्थी क्याम्पसमै आइसोलेसनमा छन्। संक्रमित कर्मचारी भने आ (आफनो घरको होम आइसोलेसनमा छन् ।

होम आइसोलेसनमै बसेकी ती महिलाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई गत मङगलबार नारायणी अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो।

कोइरालाका अनुसार क्याम्पसको आइसोलेसनमा अहिले पनि १९ जना संक्रमित विधार्थी छन् । संक्रमित वार्डेन सहितका ६ कर्मचारीमध्ये भान्से महिलाको बिहीबार मृत्यु भएपछि अब ५ जना मात्र कर्मचारी होम आइसोलेसनमा रहेका छन्।

उनका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएका विधार्थीलाई भने चैत ३१ गते नै १० दिनको विदा दिएर घर पठाइ सकेको छ । बिहीबार नर्सिङ क्याम्पसकी भान्सेको मृत्यु भएसँगै कोरोनाको दोश्रो लहर सुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

वीरगन्जको नारायणी अस्पतालमा ६ जनाको र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको हो । मृतक आठजनामध्ये पर्साका ६ जना तथा बारा र सर्लाहीका १र१ जना हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय