स्वास्थ्यले माग्यो आगामी आर्थिक वर्षका लागि ९२ अर्ब बजेट

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ९ गते १६:०८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबारे अर्थ समितिसँग छलफल गरेको छ।

छलफलमा मन्त्रालयका अधिकारीहरुले स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्य सामग्री, आधारभूत स्वास्थ्य उपचार, अस्पताल, कोभिड खोप र कोभिड रोकथामका लागि बजेटको आवश्यकता रहेको बताएका छन्।

समितिले मन्त्रालयलाई ६२ अर्ब बजेटको सीमा तोकिदिएको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

गत आर्थिक वर्ष मन्त्रालयले प्रदेश, स्थानीय र केन्द्रलाई बजेट बाँडेर खर्च गर्दा ९२ अर्ब भएको थियो।

समितिले तोकिदिएको बजेट नपुग्ने र पहिले खर्च भएको भन्दा पनि बढी नै आवश्यक रहने उनले बताए।

‘हामीले ९२ अर्ब भन्दा पनि बढी बजेट मागेका छौं। यसबारे छलफल भईरहेका कारण यस विषयलाई खुलाउन मिल्दैन,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय