खोपको पूरा मात्रा लगाएपछि कोरोना संक्रमणको सम्भावना कम

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ९ गते १४:०२

कोभिड–१९ विरुद्धको खोपले दोहोरो संक्रमणबाट बचाउने एक तथ्याङ्कले देखाएको छ।

खोप लगाएका केही संख्यामा मात्र दोहोरो संक्रमण भेटिएको भारतको मेडिकल रिसर्चले देखाएको छ।

भारतमा उत्पादित खोप कोभ्याक्सिन र कोभिसिल्ड लगाउने मानिसहरुमा गरिएको अध्ययनमा ०.०२ देखि ०.०४ प्रतिशत मानिसहरुलाई मात्र दोस्रो पटक संक्रमण भएको देखिएको छ।

भरतमा ९३ लाख भन्दाबढी मानिसहरुमा कोभ्याक्सिन खोपको पहिलो मात्रा लगाइएको थियो जसमा ४ हजार २ सय ८ (०.०४ प्रतिशत) मानिसहरुमा कोरोना पोजेटिभ देखिएको छ भने यही खोपको दोस्रो मात्रा लगाएका मध्ये ६ सय ९५ (०.०४ प्रतिशत) लाई संक्रमण पुष्टि भएको छ।

त्यस्तै १० करोड मानिसहरुलाई कोभिसिल्डको पहिलो मात्रा लगाउँदा १७ हजार १ सय ४५ (०.०२ प्रतिशत) लाई कोरोना पोजेटिभ देखिएको थियो भने १ करोडलाई दोस्रो मात्रा खोप लगाउँदा ५ हजार १४ (०.०३ प्रतिशत) लाई संक्रमण पुष्टि भएको थियो।

यस तथ्याङ्कबाट के पुष्टि हुन्छ भने खोप लगाउँदा कमै संख्यालाई मात्र पुन: संक्रमणको जोखिम हुन्छ। इन्डियन काउन्सील अफ मेडिकल रिसर्चका डाइरेक्टर डा. बलराम भर्गाभाले दोहोरो पटक संक्रमण हुनेमा बढीजसो चिकित्सकहरु रहेका छन्।

उनीहरुले संक्रमितसँगै रहेर काम गर्नुपर्ने हुनाले संक्रमणको जोखिम बढी भएको हो।

यस्तै भाइरसको परिवर्तित स्वरुपले पनि संक्रमण देखिएको हुनसक्ने उनले बताए। खोप लगाए दुई हप्तापछि मात्र यसले काम गर्न सुरु गर्ने भर्गाभा बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय