के कोभिसिल्ड र भेरोसेल खोप एकैचोटी लगाउन मिल्ला?

हेल्थपोस्ट नेपाल

 

 

कोरोना भाइरसबाट बच्न विभिन्न देशमा विभिन्न खालका खोपहरुको अनुसन्धान तथा विकास भइरहेका छन्।

हाल फाइजर, कोभ्याक्स, कोभिसिल्ड, स्पुटनिक भी, जोन्सन एण्ड जोन्सन, भेरोसेल, सिनोफार्मजस्ता खोपहरु धमाधम वितरण भइरहेका छन्।

कुन खोप कति उपयोगी र राम्रो हो भन्ने कुराको बहस अहिले पनि विश्वभरि नै चर्चामा रहेको छ भने खोपहरु परिवर्तन गरेर लगाउँदा कस्तो असर हुन्छ भन्ने अनुसन्धानकै विषयमा रहेको छ।

नेपालमा पनि भारतको कोभिसिल्ड र चिनियाँ भेरोसेल खोप कोरोनाभाइरसविरुद्ध दिइएको छ।

नेपाल सरकारले दुवै खोप एकैजनाले लगाउन नमिल्ने भन्दै पहिलो मात्रा जे खोप लगाएका छन् उही नै वितरण गरिरहेको छ।

कतिपयले यी दुवै खोप लगाउँदा झन् प्रभावकारी हुनसक्ने विचार सामाजिक सञ्जालमा व्यक्त गरेको देखिएको छ।

तर, जुन खोपको पहिलो मात्रा लगाएको छ, सोही पछि पनि लगाउनुपर्ने सरकारको भनाई छ।

नेपालमा उपलब्ध भएको दुईवटा खोप मिश्रण गरेर लगाउनु हुन्छ वा हुन्न भन्ने विषयमा आजसम्म पनि अनुसन्धान नभएको स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले बताए।

उनले यस विषयमा अन्तर्राष्ट्रिय स्तरबाटै अध्ययन तथा अनुसन्धान भइरहको बताए।

कहीँकतै पनि एक वा सो भन्दा बढी प्रकारका खोप मिसाएर नलगाएको कारण नेपालमा पनि यस्तो नगरिएको विज्ञहरु बताउँछन्।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म परीक्षण नभएकाले दुवै प्रयोग नगर्न निर्देशन दिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *