सूरिया हेल्थकेयरको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले फर्जी कोभिड–१९ रिपोर्ट जारी गरेको भन्दै सूरिया हेल्थकेयर प्रालिको प्रयोशाला सञ्चालन अनुमति निलम्बन गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले सूरिया हेल्थकेयरमाथि अनुसन्धान गरिरहेको सन्दर्भमा अनुसन्धानको टुङ्गो नलागेसम्मका लागि जनस्वास्थ्य प्रयोगशालाले कुनै पनि परीक्षण गर्न रोक लगाएको हो।
प्रयोगशालालाई कोभिड लगायत अन्य कुनै प्रकारको प्रयोगशाला परीक्षणहरु सञ्चालन नगर्न समेत निर्देशन दिइएको छ।