स्वास्थ्य मन्त्रालयले भन्यो-अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यवाश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ।

कोरोनाको संक्रमण दर अत्याधिक बढेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन मन्त्रालयले आग्रह गरेको हो।

नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेका छन्।

कोरोना संक्रमणको दर हरेक चार दिनमा दोब्बर हुँदै गएको मन्त्रालयले जनाएको छ।

‘संक्रमणको दर अत्यधिक बढ्दै गएको छ।

आजमात्रै दुई हजार बढी संक्रमित थपिएका छन्,’ गौतमले भने,‘हाम्रो स्वास्थ्य संरचनाले धान्नै नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको छ। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कौं। सभा, सम्मेलन, जात्रा नगर्न आग्रह छ।’

स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको प्रवक्ता गौतमको भनाइ छ।

संक्रमणको जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालन गर्न उनले सबैलाई आग्रह गरेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय