भारतमा देखियो ट्रिपल म्युटेन्ट भाइरस, पश्चिम बंगालमा फैलँदै

हेल्थपोस्ट नेपाल

भारतमा फेरि कोरोनाको नयाँ भाइरस फेला परेको छ। भाइरसको ट्रिपल म्युटेन्ट फेला परेको हो।

कोरोनाले सबैभन्दा बढी तहसनहस महाराष्ट्रमा बनाएको छ। महाराष्ट्रमा भएको जिनोम सिक्वेन्सिङबाट ६० प्रतिशत भाइरस नयाँ भएको पत्ता लागेको हो। नयाँ भाइरसको नाम बि.१.६१८ राखिएको छ।

यसअघि डबल म्युटेन्ट भाइरस देखिएको थियो। उक्त भाइरसको नामचाहिँ बि.१.६१७ राखिएको थियो।

नयाँ ट्रिपल म्युटेन्ट कोरोना भाइरसमा नयाँ जेनेटिक सेट भएको बताइएको छ। यसमा इ४८४के भेरियन्टको अंश पनि फेला परेको छ। ट्रिपल म्युटेन्ट भाइरस बि.१.६१८ ले शरीरको प्रतिरोधक क्षमतामा असर गर्छ।

वैज्ञानिकका अनुसार यो नयाँ भाइरस पश्चिम बंगालमा तीव्र रुपमा फैलिइरहेको छ। यो भाइरसयसअघि अमेरिका, स्वीट्जरल्याण्ड, सिंगापुर र फिनल्याण्डमा पनि देखिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *