शुक्रराज अस्पतालले गर्यो आकस्मिक सेवामा एन्टिरेबिज खोप बन्द
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बैशाख ७ गतेबाट एन्टिरेबिजको खोपको सेवा बन्द गर्ने निर्णय गरेको छ।
अस्पताललाई कारोना अस्पताल तोकिएको हुँदा अकस्मिक सेवाबाट रेबिजको खोप नलगाउने निर्णय भएको शाखा अधिकृत नवराज गौतमले बताए।
अर्को व्यवस्था नभएसम्म ओपिडि समय बाहेक आकस्मिक सेवामा खोप बन्द गर्ने निर्णय भएको अस्पतालले जनाएको छ।