भारतको महाराष्ट्रमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु

हेल्थपोस्ट नेपाल

भारत महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा २२ बिरामीको मृत्यु भएको छ। नासिकको जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु भएको हो।

स्थानीय प्रशासनका अनुसार लिकेजका कारण अस्पतालमा आधा घण्टा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो। जसका कारण २२ कोभिडका कारण भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीको मृत्यु भएको हो। दुर्घटनाका बेला भेन्टिलेटरमा २३ बिरामी थिए।

प्रशासनले लिकेजका बारेमा अनुसन्धान थालेको छ। उक्त अस्पतालमा १ सय ७१ बिरामीको उपचार भइरहेको थियो। लिकेजपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा सारिएको थियो।

हाल लिकेजको समस्या समाधान गरिएको राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले बताएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *