एकैदिन २३५१ संक्रमित

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ८ गते १६:३७

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार तीन सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोही अवधिमा थप २८७ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९३.३ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार २२० जना र ८०३ जनाको एन्टीजेन परीक्षण गर्दा १३१ जना गरी थप २ हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी १ हजार ५१ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । क्वारेनटीनमा ८६ जना छन् । भने आइसीयूमा १८० र भेन्टीलेटरमा ४७ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय