अन्लाइन माध्ययमबाट कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन

कोरोना संक्रमण बढ्दै गएका कारण त्रिभुवन विश्वविद्यालयले अति प्रभावित जिल्लाहरुमा अन्लाइन माध्ययमबाट कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ।

यो संगै प्रयोगात्मक कक्षालाई जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्दै विद्यार्थीहरुको पालो मिलाई भौतिक उपस्थितिमा र्न कक्षा संचान गर्न पनि निर्देशन दिएको छ।
सरकारले अति प्रभावित भनि वर्गीकण गरेका जिल्लाहरु (काठमाण्डौ, ललितपुर, भक्तपुर, पर्सा, नेपालगञ्ज, दाङ, सुर्खेत, बाग्लुङ, महेन्द्रनगर, बाँके, चितवन, बुटवल, रुपन्देही, मकवानपुर, जनकपुर, सप्तरी, मोरङ, सुनसरी, झापा र कास्कीमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर परीक्षा सञ्चालन गर्न निर्देश दिएको हो।

त्यस्तै सबै कार्यालय, क्याम्पस, स्कुल र विभागले स्वास्थ्य सावधानी अपनाउँदै मास्क सेनिटाइजर र साबुन पानीको आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय