हेटौँडा र वीरगञ्जमा २ कोरोना संक्रमितको मृत्यु

 

मकवानपुरको हेटौंडामा कोरोना संक्रमणबाट बुधबार एक वृद्धको मृत्यु भएको छ। कोरोना पुष्टि भएका हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाका जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए।

कोरोना संक्रमित भएपछि  होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए। शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ। तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम बढेको छ।

यस्तै, वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ। सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मङ्गलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेन किटबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअडिैनेटर डा सरोज रोशन दासले जानकारी दिए। तीे पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय