सुरिया हेल्थकेयरको रिपोर्ट लिएर विदेश जान लागेका १७२ जना विमानस्थलबाटै फिर्ता
काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालिको पिसिआर परीक्षण रिपोर्ट लिएर विदेश जान लागेका १७२ यात्रुलाई फिर्ता पठाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले उक्त ल्याबमाथि छानबिन भइरहेकाले ल्याबको रिपोर्ट लिएर विदेश जान लागेकाहरुलाई फिर्ता पठाइएको बताए।
उक्त ल्याबले स्वाब नै जाँच नगरी पिसिआर नेगेटिभ भएको रिपोर्ट दिने गरेको पाइएको भन्दै मंगलबारमात्रै महानगरीय अपराध महाशाखाले छापा मारेको थियो।
सो क्रममा ल्याबका सञ्चालकसहति ८ जनालाई पक्राउ गरेको थियो। उक्त ल्याबमाथि अनुसन्धान भइरहेको छ।