कोरोना संक्रमणको पीडामा भारत : एकैदिन थपिए करिब ३ लाख संक्रमित, २ हजार बढीले गुमाए ज्यान

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना संक्रमणको संख्या दिनप्रतिदिन तीव्र गतिमा फैलिइरहेको छ। दिनहुँ संक्रमणका नयाँ रेकर्ड कायम हुने क्रम जारी छ। पछिल्लो २४ घण्टामा भारतमा करिब ३ लाख नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी २ लाख ९५ हजार ४१ नयाँ संक्रमित भेटिएका छन्। नयाँ थपिएका संख्यासँगै कुल संक्रमित संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ।

भारतमा संक्रमितको संख्या मात्रै होइन संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। भारतमा हालसम्म १ लाख ८२ हजार ५ सय ७० जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।

जसमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार २३ जनाले ज्यान गुमाएका छन्। भारतमा संक्रमणका एक्टिभ केश २१ लाख ५६ हजार ५ सय ७१ छन्।

संक्रमणबाट पछिल्लो समय महाराष्ट्र सबैभन्दा पीडित बनेको छ। महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा ६२ हजार ९७ नयाँ संक्रमित फेला परेका छन्। सोही समयमा ५१९ जनाले ज्यान गुमाएका छन्।

यस्तै दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ३ सय ९५ नयाँ संक्रमित फेला पर्दा २७७ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्। यस्तै उत्तर प्रदेशमा २९ हजार ७ सय ५४ र गुजरातमा १२ हजार २ सय ६ नयाँ संक्रमित फेला परेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *