ह्वात्तै बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन १६६७ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ।
२४ घण्टामा एक हजार छ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ।
योसंगै नेपालमा तीन हजार एक सय दुईजनाको मृत्यु भईसकेको छ।
दुई सय ५१ जना कोरोनामुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या आठ हजार छ सय ५९ पुगेको छ।
हालसम्म आठ हजार छ सय ५९ आईसोलेसनमा रहेका छन् भने ९२ जना क्वारेन्टिनमा रहेका छन्।