खबर मापदण्ड पालना नगरे एक महिनामा दैनिक संक्रमित ११ हजार पुग्छन् : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना नगरे अबको एक महिनामा दैनिक ११ हजार मानिस संक्रमित हुने आँकलन गरेको छ।
मंगलबार भर्चुअल प्रेस मिट गरेर मन्त्रालयले यही दरमा भीडभाड, सभा, सम्मेलन तथा सबै क्षेत्र खुल्ला गर्ने हो भने मे महिनाको अन्त्यसम्म दैनिक ११ हजारको दरले संक्रमण बढ्न सक्ने बताएको हो।
सबैले मास्कको मात्र प्रयोग गरे ११ हजारको संख्या ११ सयमा घट्ने मन्त्रालयले जनाएको छ।