कोभिड बाहेकका बिरामीलाई अस्पतालमा उपचारको सुनिश्चितता गरेर मात्र रिर्फर गर्न स्वास्थ्य मन्त्रलायको निर्देशन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ७ गते १६:१८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका बिरामीलाई आकस्मिक उपचार गरेर वा अन्य अस्पतालमा सेवा पाउने सुनिश्चित गरेर मात्र पठाउन निर्देशन दिएको छ।

मन्त्रालयले सबै अस्पतालहरुलाई कोभिडको संक्रमण बढेपछि नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाई भएको भन्दै यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले अस्पताल आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चिता समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय