बाँकेमा एक साताका लागि लकडाउन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ७ गते १६:०५

बाँकेमा लकडाउन गर्ने निर्णय भएको छ। कोरोना संक्रमणको लहर बढ्दै गएपछि वैशाख ९ गतेदेखि एक साताका लागि बाँकेमा लकडाउन गर्ने निर्णय भएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ।

संक्रमण दर उच्च हुँदै गएपछि रोकथाम गर्न लकडाउनको विकल्प नदेखिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए। पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने निर्णय गरिए पनि आवश्यकताअनुसार थप गर्न सकिने उनले बताएका छन्।

दोस्रो चरणको कोरोना लहर चलेपछि सबैभन्दा पहिले बाँकेमा लकडाउन गर्ने निर्णय भएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय