कुम्भ मेलाबाट फर्किएका पूर्वराजा शाहलाई कोरोना संक्रमण

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ७ गते १३:४५

भारतको हरिद्वारस्थित कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरूले कोरोना परीक्षण गराएका थिए।

परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

हरिद्वारको कुम्भ मेलामा सहभागी भएका १ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

पूर्वराजा शाह हरिद्वार पुगेको बेला भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलागयतसँग भेट गरेका थिए।

केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाईसमेत कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय